+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरीले गर्‍यो हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २३:३१

२ जेठ, महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा आज (सोमवार) साँझ दुई राउण्ड हवाई फायर भएको छ । सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ सरसामान ‘क्यारिङ’ गर्ने महिलामाथि हवाई फायर गरेको हो ।

स्रोतका अनुसार भारतको बनबसा बजारबाट नेपालतर्फ सामान ल्याइरहेका महिलाहरुलाई गड्डाचौकीस्थित व्यारियलमा सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । ‘त्यसपछि स्थिति तनावग्रस्त भयो,’ एक जना प्रत्यक्षदर्शीले भने, ‘क्यारिङ गर्ने महिलालाई सशस्त्र प्रहरी जवानले हातपात गरेपछि उनी घाइते भइन् ।’

घाइते महिला जानकी नाथको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले महिलामाथि हातपात गरेपछि आक्रोशित स्थानीयको भीडले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि भीडभाड नियन्त्रण गर्न सशस्त्र प्रहरीले हवाई फायर गरेको भन्सार सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरीले बताए ।

अहिले पनि स्थानीयले नाराबाजी गरिरहेका छन् । कुटपिट गर्ने र फायर खोल्ने सशस्त्र प्रहरीलाई सार्बजनिक गर्नुपर्ने भन्दै अहिले पनि स्थानीयले नाका क्षेत्रमा नाराबाजी गरिरहेका हुन् । नेपाल प्रहरीको टोली पनि त्यहाँ पुगेको छ ।

‘तस्करी नियन्त्रण गर्न खोज्दा क्यारिङ गर्ने महिला र सशस्त्र प्रहरीबीच सामान्य विवाद भएको हो,’ झलारीस्थित ३५ नं. गणका गणपतl एसपी अमर ऐरले भने, ‘अहिले अवस्था सामान्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?