+
+

हेटौंडा उपमहानगरपालिकामा राप्रपाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ८:०४

३ जेठ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो ।

राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको छ ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन रहेको नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेल ६ हजार ५सय २१ मत सहित तेस्रो स्थानमा छन् । उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बानियाँको ११ हजार ७ सय ११ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ््लेको ८ हजार ३३ मत मात्रै रहेको छ ।

राप्रपाकी इन्दिरा न्यौपानेको भने जम्मा १ हजार १० मत मात्रै आएको छ । नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौंडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?