+
+

विदेह नगरको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:५१

३ जेठ, धनुषा । धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

नगरपालिकाको मेयरमा एमालेका उम्‍मेदवार वेचन दास तत्मा र उपमेयरमा आशादेवी झा निर्वाचित भएका छन् । एकीकृत समाजवादीका राज किशोर यादवलाई नौ सय बढी मतले हराउँदै तत्मा निर्वाचित भएका हुन् ।

एमालेका तत्माले ४ हजार ४१२ मत ल्याउँदा समाजवादीका यादवले ३ हजार ४२६ मत मात्र पाए ।

साथै स्वतन्त्रबाट मेयरमा उम्‍मेदवारी दिएका गोविन्द कुमार साहले १ हजार ६४३, नेपाली कांग्रेसका योगेन्द्र प्रसाद यादवले 1 हजार ६१३, जनमत पार्टीका प्रेम कुमार मंडल केवटले ५८० र माणवादी केन्द्रले ४९९ मत पाएका छन् ।

यस्तै विदेह नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याइन भने एकीकृत समाजवादीकी सञ्‍जना अधिकारीले २ हजार ८७० मात्र मत ल्याइन् । साथै नेपाली कांग्रेसकी सिमा कुमारी महतोले २ हजार ७ सय ८६ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?