+
+

गुलरियाको नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ६:०९

४ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । नगरप्रमुखका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।

गुलरिया नगरपालिकाको उपप्रमुख पदमा नेपाली कांग्रेसकी सावित्रा गौतम ८ हजार २०७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन् ।

माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ३ हजार ९३९, जनमत पार्टीकी मिना यादवले २ हजार ९५३, जसपाकी सुमित्रा चौधरीले १ हजार ६९६ र राप्रपाकी रमा थापाले १ हजार ३६७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?