+
+

इलाममा ३० वर्षपछि कांग्रेसले विरासत फर्कायो, नगरप्रमुख बने थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:३७

४ जेठ, इलाम । इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् ।

उपप्रमुखमा कांग्रेसकै विष्णु कुमारी लिम्बुले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

२०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो ।

१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?