+
+

मोरङको सुनवर्षीको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १७:३६

४ जेठ, विराटनर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् ।

राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए ।

उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत ल्याइन् ।

कांग्रेसको प्रभाव क्षेत्र मानिने सुनवर्षीमा राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । विजयी उपप्रमुख केवरत एमालेबाटै उम्मेदवार बनेकी थिइन् । त्यसबेला दुवै जना दोस्रो बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?