+
+

पर्साको पकाहा मैनपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १९:३२

४ जेठ, वीरगञ्ज । पर्साको पकाहा मैनपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा सुरेश प्रसाद र उपाध्यक्षमा सरफुन नेशा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचिन सुरेश प्रसादले ४ हजार ६८५ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार चौरसियाले २ हजार ५२९ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसका सरफुन नेशाले ४ हजार १४१ मत ल्याउँदा नेकपा एमालेकी कुमारी निर्मला चौरसियाले १ हजार ८७२ मत ल्याएर दोस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?