+
+

धनुषाधामको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:०४
बालेश्वर मण्डल

५ जेठ, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए ।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भइन् । उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?