+
+

‘भाइरल गोर्खे’मा सौगात मल्ल र ऋषि धमलाको दृश्य छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २०:५५

काठमाडौं । पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गरेका छन् । लमजुङमा छायांकन भैरहेको यो फिल्ममा धमलाको सन्दर्भको दृश्य छायांकन गरियो ।

निगम श्रेष्ठको निर्देशनमा निर्माण भइरहेको फिल्मको लागि लिखित सम्झौता भएसँगै धमला सुटिङको लागि लमजुङको भुजुङ पुगेका हुन् ।

कमेडी-ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा धमलाले पत्रकारकै रोलमा अभिनय गरेको निर्माताले जनाएका छन् । यो फिल्मले सामाजिक संजालको सकारात्मक र नकारात्मक प्रवृत्तिलाई पेश गर्छ ।

सोही अनुसार धमलालाई मुख्य भूमिकामा लिनुपरेको निर्देशक निगम श्रेष्ठले जनाए । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने यश फिल्मलाई अमर महर्जनले खिच्ने छन् । फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?