+
+
Shares

सौगात र सृष्टि अभिनित ‘भाइरल गोर्खे’ जेठ ३० मा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १२:२९

काठमाडौं । निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै जेठ ३० देखि फिल्म देशब्यापी रिलिज हुने जनाएका छन् ।

एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको रुपमा चित्रण गरिएको छ । अर्को पोस्टरमा उनी अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन् ।

सामाजिक संजालमा भाइरल बन्ने प्रवृृत्तिलाई फिल्मले कटाक्ष गर्न खोजेको छ । ‘सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो बढ्दो क्रममा छ,’ निर्देशक श्रेष्ठले भने, ‘यसमै फिल्मको कथा केन्द्रित छ । भाइरल बन्ने प्रवृत्तिको पछाडि लाग्दाको प्रभाव र असरको परिणामको कथा यसमा छ ।’

द जीएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ । विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्ममा सहनिर्माताको रुपमा भुवन अधिकारी र निखिल पौडेल छन् ।

अमर महर्जनको छायांकन रहेको फिल्मलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?