+
+
Shares

बजेटको सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत

आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्।
  • उनले गुणस्तरीय सार्वजनिक सेवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए।
  • सरकारको लक्ष्य थिति बसाल्ने र सुशासन, सार्वजनिक सदाचारलाई प्राथमिकतामा राखिने उनले उल्लेख गरे।

३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ को सिद्धान्त र प्राथिमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।

सोही क्रममा उनले ५ सिद्धान्त प्रस्तुत गरे । जसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार र सौम्य शक्ति सुदृढीकरण हुने गरी तय गरिएको छ ।

५ प्राथमिकतामा भने सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने भनिएको छ । आर्थिक वृद्धिका  लागि क्षेत्रगत स्रोत पुन: प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन गर्ने प्राथमिकतामा उल्लेख छ ।

अवसरको समानताका लागि सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण गर्नेसमेत प्राथमिकतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?