News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले समृद्धि, सुशासन र नागरिक विश्वासको नयाँ युगको आधार निर्माण गर्ने दाबी गरेका छन्।
- सांसद सुवेदीले नीति तथा कार्यक्रमले आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताए।
- सांसद सुवेदीले संसदलाई सत्तापक्षीय र प्रतिपक्षीय आरोपमा नअल्झिएर जनपक्षीय कानुन निर्माणमा केन्द्रित हुनुपर्ने र बजेट आवश्यकतामा आधारित हुनुपर्ने सुझाव दिए।
३१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले नीति तथा कार्यक्रमले ‘समृद्धि, सुशासन र नागरिक विश्वास’को नयाँ युगको आधार निर्माण गर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०३/०४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सुवेदीले जनताले परिणाम खोजिरहेकाले अबको दायित्व नीति बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी नतिजा ल्याउनु रहेको बताए ।
देशमा आर्थिक सुस्तता, युवा विदेश पलायन, रोजगारीको अभाव, सेवा प्रवाहमा ढिलासुस्ती र जनविश्वासको संकटजस्ता गम्भीर चुनौतीहरुको सामना गरिरहेको बेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘आशा, सुधार र रुपान्तरण’को बलियो आधारशीला बनेको उनको भनाइ थियो ।
‘नीति तथा कार्यक्रमले सुशासन, आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, ई–गभर्नेन्स, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ, जुन वर्तमानको आवश्यकता हो,’ उनले भने, ‘सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमुखी बनाउने स्पष्ट कार्ययोजना अघि सारेको छ । भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र उत्तरदायी शासन प्रणाली निर्माणप्रति सरकारको दृढ प्रतिबद्धता जनअपेक्षाको मर्मअनुरुप नै छ ।’
सांसद सुवेदीले नीति तथा कार्यक्रम समय सान्दर्भिक रहेको भन्दै आगामी दिनमा छोटो, स्पष्ट र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउन सुझाव दिए । ‘सरकारको नीति प्रष्ट छ, नियत सही छ, नतिजा परिणाममुखी हुनेछ,’ उनले भने ।
सांसद सुवेदीले संसद सत्तापक्षीय, प्रतिपक्षीय आरोप र प्रतिरोधमा नअल्झिएर जनपक्षीय कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
सांसद सुवेदीले बजेट पहुँचमा आधारित नभई आवश्यकतामा आधारित भएर आउनुपर्ने धारणा पनि राखे ।
प्रतिक्रिया 4