+
+

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १६:३१
फाइल तस्वीर

५ जेठ, काठमाडौं । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को छलफल संसदमा जारी छ । तर, बिहीबारको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा नै उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका थिए ।

उता, अर्थमन्त्रीको सचिवालयले भने सांसदहरुको ध्यानाकर्षणलाई उच्च सम्मान गर्दै संसदमा उठेका सबै विषय टिपोट गरी अर्थ मन्त्रालयमा आउने व्यवस्था मिलाइएको बताएको छ ।

अर्थमन्त्रीका प्रेसविज्ञ अजित अधिकारीले सामाजिक संजालमार्फत यस्तो जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?