+
+

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते २०:३५
फाइल तस्वीर

५ जेठ काठमाडौं । रोहित कुमार पौडेल राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको जनाएको छ ।

यू-१९ राष्ट्रिय टिमको नेतृत्व गरिसकेका रोहितले सिनियर टिममा पहिलो पटक ठूलो जिम्मेवारी पाएका हुन् । क्यानले बुधबार मात्रै अमेरिकामा हुने नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको थियो ।

क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो । तर उपकप्तान भने चयन गरेको थिएन ।

त्यसपछि नेपालले आईसीसी टी-२० विश्वकप छनोट, युएईमा लिग टू श्रृंखला, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला र पपुवा न्युगिनी र मलेसिया सहित टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्दा उपकप्तान थिएन । यी सबैमा सन्दीपले कप्तानी गरेका थिए ।

अब नेतृत्वमा सन्दीपले सपोर्ट पाउने भएका छन् । सन्दीप र रोहितले यू१९ को कप्तानी गरिसकेका छन् । २० वर्षीय रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । एक शतक र चार अर्धशतकसहित ६२३ रन बनाएका रोहित एकदिवसीयमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?