+
+

सुरु भयो नयाँ जनप्रतिनिधिको कार्यकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १०:०९
लमजुङको बेंसीशहर,दोर्दी र मर्स्याङ्दीका जनप्रतिनिधिलाई शपथ खुवाउँदै मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल । तस्वीर : रासस

६ जेठ, काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकियो । भोलिपल्ट अर्थात आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्नेछन् ।

शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मतगणना ढिलो भएकोमा निर्वाचन आयोगको आलोचना भइरहेको छ ।

महिला प्रतिनिधित्व कम

हालसम्म ४०८ वटा गाउँपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकोमा ३ सय ९ जना अध्यक्ष पुरुष निर्वाचित भएका छन् । ११ जनामात्रै महिला छन् । यो करिव ३ दशमलव ५५ प्रतिशत हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी (दायाँ) लगायत । तस्वीर सर्जना कार्की

४०७ वटा गाउँपालिका उपाध्यक्षको मतगणना सकिएकोमा १२० जना पुरुष र २८७ जना महिला निर्वाचित भएका छन् । उपप्रमुखमा महिला प्रतिनिधित्व करिव ७० दशमलब ५० प्रतिशत हो ।

त्यसैगरी १८१ नगरपालिकाको नतिजा सार्वजनिक भएकोमा ६ जनामात्रै मेयर निर्वाचित भएका छन् । बाँकी १७५ जना पुरुष छन् । नगरपालिकाको मेयरमा महिला प्रतिनिधित्व ३ दशमलव ३१ प्रतिशत छ । नगर उपप्रमुखमा १८१ मध्ये १४१ जना महिला छन् । बाँकी ४० जना पुरुष हुन् । उपप्रमुखमा महिला प्रतिनिधित्व ७७ दशमलव ९० प्रतिशत छ ।

उम्मेदवारी नै कम परेको र दलहरुले कमजोर स्थानमा महिला उम्मेदवारी दिएकाले यसपटक प्रतिनिधित्व कम भएको हो । गठबन्धन र तालमेलका क्रममा दलहरुले एउटा मात्रै पदमा पुरुषलाई प्राथमिकता दिएकाले पनि यसपटक महिला प्रतिनिधित्व घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?