+
+

गगन थापाको वडामा फराकिलो अन्तरले कांग्रेस उम्मेदवार विजयी हुँदा सिर्जनालाई दोस्रो मत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:५४

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको वडामा कांग्रेस उम्मेदवार फराकिलो अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचित दलबहादुर कार्कीले २ हजार ६१ मत ल्याए । तर कार्कीले यत्तिका मत ल्याउँदा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने उनको भन्दा आधा कम मात्रै मत पाइन् ।

काठमाडौं महानगरपालिकाको ३० नम्बर वडामा वडाध्यक्षसहित प्यानलै कांग्रेसबाट विजयी भएका छन् । मेयर उम्मेदवार सिंहले १ हजार १९ मत मात्र पाइन् भने यस वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले मेयरमा सबैभन्दा बढी मत पाए । साहले १ हजार ७०१ प्राप्त गरे ।

दोस्रो स्थानको मत सिंहले ल्याइन् भने एमालेका मेयर उम्मेदवार केशव स्थापितले ७४९ मत प्राप्त गरेका छन् । यस वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले ८४८, राप्रपाले ५२१, एकीकृत समाजवादीले ३४७ मत पाए ।

कांग्रेसबाट  मनोज डंगोल, मिलन कुमार खड्का, सरिता महतो र इन्दु सिंहले वडा सदस्य जितेका छन् ।

काठमाडौंको जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार साहले २८ हजार २० मत सहित अग्रता कायम राखेका छन् । एमाले उम्मेदवार स्थापितले १४ हजार ५४८ मत ल्याएका छन् भने तेस्रो स्थानमा कांग्रेस उम्मदेवार सिंहले १३ हजार ९९० मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?