+
+

यौन हिंसाबारे गगन थापाले संसदमा गराए ध्यानाकर्षण

छानबिन गर्न सभामुखले दिए निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १३:५७
फाइल तस्वीर

६ जेठ, काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा पनि उठेको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय शुक्रबारको संसद बैठकमा उठाएका छन् ।

उनले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ उनीहरुमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

उनको यस्तो आग्रह पछि सभामुख अग्नी सापकोटाले सरकारलाई छानविन गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?