+
+
Shares

कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा  

‘सरकार मनमौजी हुने कुरा र डरबाट शासन गर्ने कुरा स्वीकार्य छैन’

‘सरकारलाई मनमौजी हुने कुरा, सरकार जबाफदेही नहुने कुरा हाम्रा लागि स्वीकार्य छैन । डरबाट शासन गर्ने कुरा हाम्रा लागि स्वीकार्य छैन । सरकारले भर दिएर शासन गरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १५:२५

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले पाँच वर्ष शासन गर्ने म्यान्डेट पाएको कुरालाई कांग्रेसले सम्मान गरेको बताएका छन् । यस्तै, कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको कुरालाई सरकारले सम्मान गर्नुपर्ने उनले बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षलाई सरकार चलाउने म्यान्डेट पाएको छ । हामी यसलाई पूर्ण सम्मान गर्छौं,’ आइतबार विशेष सम्बोधनका क्रममा उनले भने, ‘र, पाँच वर्ष नेपाली कांग्रेस पार्टीले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ भन्ने कुरा पनि सरकारले बुझोस् । सम्मान गरोस् ।’

लोकतन्त्रको विषयमा खबरदारी गर्ने, निगरानी गर्ने काम कांग्रेसको रहेको पनि सभापति थापाले बताए । ‘सरकारलाई मनमौजी हुने कुरा, सरकार जबाफदेही नहुने कुरा हाम्रा लागि स्वीकार्य छैन । डरबाट शासन गर्ने कुरा हाम्रा लागि स्वीकार्य छैन । सरकारले भर दिएर शासन गरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने ।

यसबारे सरकारसँग छलफल गर्न पनि आफूहरू तयार रहेको उनले बताए ।  सरकारसँग कुरा गर्न, प्रतिवाद गर्न र सहकार्य गर्न पनि तयार रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?