+
+
Shares

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको र ध्यान बाहिरी कुरामा गएको टिप्पणी गरे।
  • थापाले प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा रहेको भन्दै अर्थतन्त्रमा फोकस हुनुपर्ने र विश्वासको संकट अन्त्य गर्नुपर्ने बताए।
  • उनले शिथिल अर्थतन्त्र सुधार्न सरकारलाई सहयोग गर्न तयार रहेको र विधेयक पास गर्न अध्यादेश नचाहिने पनि बताए।

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको बताएका हुन्।

‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिन ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने हैन ?,’ उनले भने, ‘यी सबको कारण विश्वासको संकट हो। सरकारको पोलिसी यस्तो छैन। सब थुरथुर छन् कर्मचारी थुरथर, व्यवसायी थुरथर। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त।’

उनले सरकारले शिथिल अर्थतन्त्र सुधारका लागि सहयोग मागे दिन तयार रहेको पनि बताए।

‘शिथिल भएको इकोनोमीलाई तर्साएर हैन भरोसा र विश्वास दिनुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौं,’ उनले सरकारलाई भने ‘यस्तो अपोजिसन पाउनु भएको छ- बिल पास गर्न चाहनु भएको- अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हो। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौं। अर्थतन्त्र सुधारको काम गरौँ भन्नु त हामी सहयोग गर्न तयार छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?