News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणको अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए।
- उनले सार्वजनिक भएका सबै काण्ड र प्रकरणको छानबिन गर्न समर्थन रहे पनि अनुसन्धान सेलेक्टिभ भइरहेको आरोप लगाए।
- थापाले केही बाहिरिएपछि पब्लिक प्रतिक्रिया हेरेर अनुसन्धान अघि बढाइने हो भने निष्पक्ष नहुने बताए।
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ।
सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा प्रश्न उठाएका हुन्।
‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन् सबै केलाइयोस्। हाम्रो साथ समर्थन रहन्छ। तर हाम्रो प्रश्न छ- अनुसन्धान निष्पक्ष हुन्छ ?,’ उनले भने, ‘सेलेक्टिभ भइरहेको छ। अनुसन्धान भइरहेको छ।केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ ?’
प्रतिक्रिया 4