+
+

छत्रकोट गाउँपालिकाको पहिलो निर्णय : २ एम्बुलेन्स किन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:११

६ जेठ, गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाण्डेयले दुईवटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।

शुक्रबार गाउँपालिकामा पदभार ग्रहण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी दुईवटा खरिद गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै गाउँपालिका–६ दौघामा खानेपानी समस्या समाधानका लागि पानी तान्ने पम्प खरीद गर्ने निर्णय पनि अध्यक्ष पाण्डेयले गरेका छन् ।

गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागि हेल्प डेस्क राख्ने पनि उनले बताए ।

गाउँपालिका अध्यक्ष पाण्डेयले आफ्नो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी सुविधाको गाडी प्रयोग नगर्ने बताएका थिए ।

उनले पालिकाभित्र स्वास्थ्य उपचारको लागि एम्बुलेन्स नपाउने वातावरणको अत्यका लागि यस्तो निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?