+
+

बलात्कार पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ जेठ ७ गते १४:५४

७ जेठ, काठमाडौं । बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैलाई अपिलसमेत गरेका छन् ।

उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।

एक युवतीले सौन्दर्भ प्रतियोगिताको क्रममा आठ वर्षअघि आफूलाई आयोजक संस्थाका व्यक्तिले बलात्कार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार (हिजो) पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरुले पनि पीडित युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?