+
+

बलात्कार मुद्दामा हदम्याद खारेज गर (फोटो फिचर)

८ वर्षअघि जबर्जस्ती करणीमा परेकी युवतीको न्यायको माग गर्दै गरिएको प्रदर्शन हो । ती युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको सञ्चालकबाट बलात्कार भएको खुलासा गरेपछि पोखरामा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग गर्दै प्रदर्शन भएको हो ।

युनिश गुरुङ युनिश गुरुङ
२०७९ जेठ ७ गते १८:१६

७ जेठ, पोखरा । शनिबार दिउँसो टन्टलापुर घामको पर्वाह नगरी एक हूल युवाहरु पोखराको मानव अधिकार चोकमा जम्मा भए । हातमा प्लेकार्ड बोकेर एक पछि अर्को युवा थपिँदै गए । विस्तारै ठूलो समूह जम्मा भयो । भिडबाट एक युवती कराइन् ‘अब त अति भो, नबोल्दा क्षति भो’ । भिडले उनलाई साथ दिदै नारा लगाए, ‘अति भो …।

८ वर्षअघि जबर्जस्ती करणीमा परेकी युवतीको न्यायको माग गर्दै गरिएको प्रदर्शन हो । ती युवतीले सामाजिक सञ्जालमार्फत सौन्दर्य प्रतियोगिताको सञ्चालकबाट बलात्कार भएको खुलासा गरेपछि पोखरामा बलात्कारीलाई कारबाही गर्न कानुनमा भएको हदम्याद हटाउन माग गर्दै प्रदर्शन भएको हो ।

ती युवतीले भिडिओमार्फत आफू १६ वर्षको नाबालिग हुँदा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन् ।

सामाजिक सञ्जालको फेसबुक ग्रुप वुमेन्स रुम रिलोडेडले आयोजना गरेको दबाब मुलक कार्यक्रममा सयौं जना सहभागी भएका थिए । वुमेन्स रुम रिलोडेडकी सदस्य स्मृति ओझाले न्यायको लागि सामाजिक सञ्जालमा अभियान चलाउनु भन्दा सडक मै आएर प्रदर्शन गर्दा उपयुक्त हुने ठानी कार्यक्रम गरेको जनाएकी छिन् । उनले बलात्कारसम्बन्धी मुद्दामा कानुनमा भएको हदम्याद समेत खारेज गर्नुपर्ने बताएकी छिन् । त्यस्तो हदम्यादका कारण बलात्कारीले सजिलै उन्मुक्ति पाउने बताएकी छिन्

नेपालको मुलुकी अपराध संहिता-२०७४ मा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकिएको छ । यौनजन्य हिंसा र दुर्व्यवहारको हकमा अपराध भएको मितिले एक वर्षपछि उजुरी नलाग्ने व्यवस्था छ ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको प्रदर्शन पृथ्वीचोकमा गएर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?