+
+

एनआरएस फुटसलको उपाधि ग्रिष्मालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १९:५७

७ जेठ, काठमाडौं । ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड दोस्रो एनआरएस फुटसल उपाधि हात पार्न सफल भएको छ ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजयी टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

लमटङ्गिनस्थित ढुकु फुटसलमा भएको प्रतियोतिाको फाइनलमा ग्रिष्माले ज्याकी प्वाइन्ट हेल्थ प्रालिलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपबिजेता ज्याकी प्वाइन्टले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यसअघि ग्रिष्माले फाइनल प्रवेश गर्ने क्रममा खेलकुद पत्रकारहरुको संगठन नेपाल खेलकुद पत्रकार मञ्चलाई पराजित गरेको थियो ।
बिजयी तथा उपबिजयी टीमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा गोलकिपर विजयी टीमका संजोग श्रेष्ठ र संयोग बाँस्काेटा घाेषित भए । यस्तै उत्कृष्ट टीम (फेयर प्ले) कुमारी टिम घोषित भयो । उत्कृष्टले समान ५ हजार प्राप्त गरे । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?