+
+

इन्धन आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरौं : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:५०
फाइल तस्वीर

८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनको नीतिमा जान सरकारलाई सुझाव दिएको छ ।

आइतबार महासंघले आयोजना गरेको इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफलमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यस्तो बताएका हुन् ।

पेट्रोलियम पदार्थको घाटा कम गर्न मूल्य समायोजनमा जानु वा सरकारले नेपाल आयल निगमको मूल्य तिरिदिनुको विकल्प नभएको भन्दै दुवै अवस्थामा मार उपभोक्तामा पर्ने उनको भनाइ छ ।

सरकारले केही हदसम्म पेट्रोलियम पदार्थ प्रतिस्थापनमा जानु पर्ने बताउँदै यसका लागि विद्युतीय सामग्रीको प्रयोग नै सबैभन्दा उत्तम विकल्प रहेको उनले बताए ।

‘अहिले कुल आयातको १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ,’ उनले भने, ‘यसको केही अंश प्रतिस्थापन गर्न सकिन्छ, नेपालमा ७ हजार मेगावाट विद्युत् उत्पादनको क्रममा छ, आयोजना निर्माणलाई तीव्रता दिंदै विद्युतीय सामानको प्रयोगलाई बढाऔं ।’

विदुतीय गाडीको जोड दिन, रिङ रोड बाहिर सफा टेम्पो र साना इलेक्टोनिक साधन सञ्चालनको वातावरण बनाउन र ठूला विद्युतीय बस सञ्चालनमा समेत प्रोत्साहन दिन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । सम्भव भएसम्म विद्युतीय रेल सञ्चालनमा समेत महासंघले जोड दिएको छ ।

स्थानीय निर्वाचन लगत्तै पेट्रोलियम पदार्थमा भएको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि र रुस–युक्रेन युद्धका कारण समेत मुद्रास्फिति बढेको भन्दै यसले ढुवानी र उत्पादनमा असर गर्ने उनको भनाइ छ । यसको मारमा उपभोक्ता पर्ने समेत उनले बताए । विश्वव्यापी रुपमा बढेको मूल्य र नेपाली रुपैयाँ कमजोर हुँदा व्यापार घाटा बढिरहेको सन्दर्भ निकाल्दै उनले आयातमा २५ प्रतिशतसम्म हिस्सा राखेको कृषिमा ‘इकोसिस्टम’ नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

सरकारले कृषि बजेटको आधा रकम कृषकको अनुदानमा विनियोजन गरे पनि कृषि वस्तुको आयात हरेक वर्ष बढिरहेको भन्दै कृषिमा प्रभावकारी कदम चाल्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?