+
+

विजय जुलुसमा झडप, प्रहरीसहित १४ जना घाइते

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ८ गते २३:२९

८ जेठ, वीरगञ्ज । बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षकसहित १४ जना घाइते भएका छन् ।

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जुलुसमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाइते भएका छन् । जिल्ला अदालत चितवन दरबन्दी भई हाल उनी विपद व्यावस्थापन पर्सामा कार्यरत छन् ।

प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ इनर्वा टोलमा पुगेको थियो ।

जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए । सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो । प्र.स.नि.साह समेत घाइते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?