+
+

२२ सयमा झर्‍यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १५:१२

९ जेठ, काठमाडौं । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अंकले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो ।

सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । सोमबार कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।

सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५.२६ प्रतिशतले बढेर ४४२.१० रुपैयाँ पुगेको छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ । सोमबार नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?