+
+

निर्वाचन परिणाम सन्तोषजनक : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १५:३६

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ ।

७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं भन्ने अनुमान छ ।’

देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै उनले अघि भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍यौं भन्ने आधार प्रशस्त छ ।’

चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ । यसले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत बनाएको कांग्रेस प्रवक्ता डा. महतले बताए । आउने आम निर्वाचनमा स्पष्ट बहुमत ल्याउने कांग्रेसको लक्ष्य रहेको भन्दै प्रवक्ता डा. महतले भने, ‘गठबन्धनलाई सँगसँगै अगाडि बढाउँछौं ।’

पुनः मतदान गर्न माग

चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको नेकपा एमालेको दाबीको कांग्रेसले खण्डन गरेको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा भने एमालेले धाँदली गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?