+
+

बलात्कार मुद्दामा हदम्यादबारे कानुन आयोगको प्रतिवेदन मागेका छौं : कानुनमन्त्री बन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १७:३१

९ जेठ, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको विषयमा अध्ययन गर्न नेपाल कानुन आयोगलाई आग्रह गरिएको बताएका छन् ।

बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला मन्त्री बन्दीले यस विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन कानुन आयोगलाई भनेको बताए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले कानून आयोगलाई बलात्कार मुद्दामा हदम्यादवारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेका छौं, हदम्याद बढाउने कि के गर्ने ? मन्त्रीले हैन, समाजले भन्ने हो । समाजको धारणा बुझेर कानून आयोगले प्रतिवेदन दिनुपर्छ’ उनले भने ।

कानुन आयोगको प्रतिवेदन आएपछि सरकारले यस विषयमा निर्णय गर्ने मन्त्री बन्दीले बताए । ‘कम्तीमा पनि केही अध्ययन वा अरु कुरा हेरेर यसबारेमा बोलौं, अहिले नै बोल्न हतार नगरौं भन्ने मेरो धारणा हो’ उनले भने । उनले कानुन बनाउनुअघि पर्याप्त छलफल हुनुपर्ने पनि बताए ।

मन्त्री बन्दीले सरकार अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम संक्रमणकालीन न्यायका विषय टुंग्याउन तत्पर रहेको बताएका छन् । आफूले २४ चैतमा पदबहाल गर्दा नै संक्रमणकालीन न्यायको विषय अघि बढाएर टुंग्याउने भनेको स्मरण गर्दै त्यसै अनुसार काम भएको उनले बताए ।

‘यो बीचमा पीडितहरुसँग छलफल भयो । अब कानून निर्माणका लागि सबै प्रदेशमा छलफल कार्यक्रम अघि बढ्छ । ७ वर्षदेखि संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने आयोगहरुले काम गर्न सकेनन् । असारसम्ममा पूर्वाधार तयार गरेर अघि बढ्ने हाम्रो सोच हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?