+
+

पोखरामा मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १३:०५

१० जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले अहिले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।

नेकपा एमालेले पोखरा १८ र  ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् ।

उनले हालसम्म ५७ हजार ७२ मत पाएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् । पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?