+
+

इन्धनको मूल्य वृद्धि खारेजीको माग राखेर वाणिज्यमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १४:११

१० जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै विद्यार्थीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

इन्धनको मूल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनले संयुक्त रुपमा मंगलबार मन्त्री बडूलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बताएका थिए । आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसकिने उनको तर्क थियो । अझैपनि निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ८७९ रुपैयाँ ७५ पैसा घाटा बेहोरीरहेको उनको भनाइ थियो । उनले विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै त्यसका निम्ति सरकार लागिरहेको बताए ।

निगमले ८ दिनको फरकमा बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राखेर ज्ञापन पत्र बुझाएको पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘ज्ञापन पत्रामा तत्काल मूल्य वृद्धि खारेजीको माग प्रमुख रहेको छ,’ पराजुलीलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?