+
+

पर्यटनलाई समग्र अर्थतन्त्रको गतिशील आयाम बनाउने सरकारको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:१४

१० जेठ, काठमाडौं । सरकारले पर्यटन उद्योगलाई समग्र अर्थन्त्रको गतिशील आयाम बनाउने घोषणा गरेको छ । यसका लागि पर्यटकीय स्थल र वस्तुको विविधिकरण गर्दै रोजगारी वृद्धि गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले बताइन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादनमा जोड दिँदै त्यसलाई पर्यटनसँग जोड्ने लक्ष्य सरकारले लिएको बताइन् । एकीकृत पर्यटकीय पूर्वाधार बनाउँदै उच्च मूल्ययुक्त उपजको विकास गरिने समेत राष्ट्रपतिले बताइन् । पर्यटनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने घोषणा सरकारले गरेको छ ।

ग्रामीण पर्यटन विकास गर्न होमस्टेलाई प्राथमिकता दिइने भएको छ । मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै सास्कृतिक पर्यटनमा जोड दिइने भएको छ । इतिहास, कला संस्कृति, मौलिक संस्कृति समेटेर बृहत संग्रहालय बनाउने घोषणा समेत सरकारले गरेको छ ।

ग्रेट हिमालय टेलको स्तरोन्नती, लुम्बनी,पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने सरकारको घोषणा छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?