+
+

जीतपुरसिमराका मेयरले काठमाडौंमा भेटे प्रचण्डदेखि अर्थमन्त्रीसम्म

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रतिवद्धता कार्यान्वयन गर्न अग्रसरता देखाउन थालेका छन् । पदभार ग्रहण गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयनको पहल गर्न उनी काठमाडौं आइपुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १९:४४

१० जेठ, काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रतिवद्धता कार्यान्वयन गर्न अग्रसरता देखाउन थालेका छन् । पदभार ग्रहण गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयनको पहल गर्न उनी काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्षदेखि अर्थमन्त्री जर्नादन शर्मासग भेट गरी कार्यक्रम कार्यान्वयनको पहल थालेका हुन् ।

अर्थमन्त्रीसँगको भेटमा पौडेलले नगर विकासका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री शर्माले जीतपुरसिमराको विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नगर प्रमुख पौडेलले मंगलबार नै श्रम तथा रोजगारमन्त्री किशान श्रेष्ठसँग भेट गरी जीतपुरसिमरामा श्रम अस्पताल बनाउन माग गरे । भेटमा श्रममन्त्री पौडेलले जीतपुरसिमरामा श्रम अस्पताल बनाउने तयारी भइरहेको जानकारी समेत गराएका छन् ।

मंगलबार नै पौडेलले गृहसचिव टेकनारायण पाण्डेसँग भेट गरी जीतपुरसिमराको सुरक्षा प्रभावकारी बनाउन आग्रह गरे ।

पौडेलले मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । उक्त अवसरमा प्रचण्डले जनताको मनोभावना अनुसार काम गर्न भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?