+
+

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:१६

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई  सञ्चालकमा नियुक्त गरेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘उहाँहरुलाई नियुक्तिको चिठी अझै गइसकेको छैन,’ ती अधिकारीले भने, ‘निर्णय भने भइसकेको छ ।’

यसअघिका सञ्चालकद्धय रामजी रेग्मी र श्रीराम पौडेलको नियमित कार्यकाल पूरा भएपछि शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?