+
+

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:५४

काठमाडौं । संवादसहितको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको गीति फिल्मको घोषणा गरिएको हो ।

कार्यक्रममा कलाकारहरु अविनाश न्यौपाने र श्रेया कार्कीले मुहूर्त सट दिएका थिए । यी दुईले फिल्ममा प्रेमिल जोडीको रुपमा अनस्क्रिन रोमान्स गर्दैछन् ।

सौरपानी मिडियाले निर्माण गर्ने फिल्मको छायांकन बुधबारदेखि तारकेश्वर नगरपालिकाको धर्मस्थलीबाट सुरु भएको छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ ।

फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेका ६ वटा लोकगीतमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । पूर्ण नेपालीको एकल संगीतमा रहेका गीतमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार र धर्मेन्द्र सेवानको स्वर हुनेछ ।

निर्माता पनेरुले पैसा कमाउने उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए । उनले भने, ‘फरक फरक शैलीका लोकगीतमार्फत फिल्ममा कथा भनिनेछ । यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ । तर यो सुखान्त मुनामदन हुनेछ ।’

१५ दिनको छायांकन तालिका रहेको गीति फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालको रहनेछ ।

फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?