+
+

१० महिनामा काठमाडौंका कर्मचारी र जनप्रतिनिधिलाई २५ करोडको भत्ता र सुविधा

विकास बजेटभन्दा चालु खर्च धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:०५
महानगरपालिकाका निवर्तमान मेयर र उपमेयरको प्रतीकात्मक तस्वीर ।

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो १० महिनामा करिब २५ करोड रुपैयाँ भत्ता र सुविधामा खर्च गरेको छ । कर्मचारी र जनप्रतिनिधिले प्रोत्साहन, सुविधा, भत्ता शीर्षकमा मनपरी खर्च गरिरहेको काठमाडौं महानगरपालिकाको तथ्यांकले देखाउँछ ।

२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरुले अन्तिम आर्थिक वर्षको रुपमा काम गरेको बितेको १० महिनामा पनि ठूलो रकम सेवा सुविधामै खर्च गरेको पाइएको छ ।

अनुसार १ साउन २०७८ देखि ४ जेठ २०७९ सम्म महँगी भत्ता, कर्मचरीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा र भत्ता शीर्षकमा करिब २४ करोड ८५ लाख १६ हजार खर्च भएको छ । यी भत्तामा कर्मचारी र पदाधिकारीले पाउने तलब र अन्य सुविधा जोडिएका छैनन् ।

महनगरपालिकाले महंगी भत्तमा ३ अर्ब ४२ करोड, कर्मचारी बैठक भत्तामा १७ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा १६ करोड ५८ लाख, अन्य भत्तामा १ करोड ४६ लाख, पदाधिकारी बैठक भत्तामा ६८ लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ४८ लाख खर्च भएको देखिन्छ ।

कमजोर खर्च

महानगरपालिकाले जथाभावी ढंगले भत्तामा रकम खर्चिए पनि १० महिनाको अवधिमा ३४.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चुनावी वर्षमा पनि महानगरपालिकाले लक्ष्य अनुसार खर्च गर्न नसकेको हो ।

महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षका लागि १६ अर्ब २५ करोड ६६ लाखको बजेट आएको थियो । तर, ४ जेठसम्म महानगरपालिकाले ५ अर्ब ५८ करोड ५४ लाख मात्रै खर्च गर्न सकेको छ ।

आर्थिक वर्षको २ महिना मात्रै हुँदा महानगरपालिकाले १० अर्ब ६७ करोड १२ लाख रुपैयाँ खर्चिन बाँकी छ । चालु आर्थिक वर्षमा पनि महानगरले आफ्नो ५० प्रतिशत बजेट खर्चिन नसक्ने अवस्था देखिएको छ ।

विकास बजेटभन्दा चालु खर्च धेरै

महानगरपालिकाले १० महिनामा पूँजीगत (विकास)भन्दा चालु खर्च बढी गरेको छ । समीक्षा अवधिमा महानगरपालिकाले ३ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ चालु खर्चमै सकाएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले ६ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ चालु तर्फ विनियोजन गरेको थियो ।

विकास खर्चको अवस्था भने दयनीय छ । १० महिनामा विकास खर्च भने २ अर्ब १३ करोड ७० लाख रुपैयाँ मात्रै भएको छ । जबकी यो वर्ष महानगरपालिकाले ९ अर्ब ६३ करोड २३ लाख रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको छ ।

महानगरपालिकाले १० महिनामा ७२ करोड रुपैयाँ सडक र पुल निर्माण तथा ६८ करोड अन्य सार्वजनिक पूर्वाधार निर्माणमा खर्च गरेको छ । करिब साढे १५ करोड रुपैयाँ विभिन्न सहायताका नाममा वितरण गरेको छ ।

११ करोड ५८ लाख रुपैयाँ वन तथा वातावरण संरक्षणका नाममा खर्च गरेको छ । ९ करोडको सवारी साधन खरिद गरेको छ ।

हेर्नुहोस् बजेट तथा खर्चः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?