+
+

यु-२३ पुरुष बास्केटबलको उपाधिमा रोयलको ह्याट्रिक 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १९:१०

११ जेठ, काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलको यो ह्याट्रिक उपाधि हो ।

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५–८४ ले पराजित गर्दै ह्याट्रिक उपाधि पूरा गर्‍यो । ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो । रोयलका निकेश मगरले ३४ स्कोर गरे । टाइम्सका मनीष केसीले ३७ अंक जोडे ।

निर्धारित चार क्वाटरको खेल ६७–६७ को बराबरीमा सकिएको थियो । त्यसपछि पनि दुई पटक अत्तिरिक्त समय थप्नु परेको थियो । थप गरिएको पहिलो ५ मिनेटको अत्तिरिक्त समयको खेल पनि १०–१० को बराबरीमा टुंगियो । दोश्रो पटक थप गरिएको ५ मिनेटको अत्तिरिक्त समयमा रोयल ८–७ ले अगाडि रहँदै समग्रमा फाइनल खेल १ अंकले जित्यो ।

उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार पायो भने टाइम्सले १५ हजार नगदमा चित्त बुझाए । रोयलका आशिष बस्नेत ‘मोस्ट भेलुएवल प्लेयर’ घोषित भए । उनले ५ हजार नगदसहित शेर्पा चाइको गिफ्ट ह्याम्पर प्राप्त  गरे । मोफसलको धरान मेघा कलेजले उदीयमान टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, गोदावारी अल्मुनाइ एसोसिएन (जीएए) का अध्यक्ष प्रकाशबाबु केसी र शेर्पा चाइका हेड ब्रिवर दिल्लीराम कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

जीएएको आयोजनामा रोयलकै कोर्टमा भइरहेको फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगिताको उपाधिका लागि रोयल र जेभियर इन्टरनेसनल कलेज बिहीबार भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?