+
+

सस्तोडिलको एक हप्ते ‘सामसुङ मेला’ क्याम्पेन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १२:३८

काठमाडौं । सस्तोडिलले एक हप्ते ‘सामसुङ मेला’ क्याम्पेन सुरु गरेको छ । यो एक हप्ते क्याम्पेन १२ जेठदेखि सुरु भई १८ जेठमा सम्पन्न हुनेछ । क्याम्पेन अवधिभर सामसुङको कुनै पनि उपकरण जस्तै मोबाइल फोन, टिभी, वाशिङ मेसिन, आदि भारी छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

योजना अवधिभर ग्राहकहरुले सामसुङको उपकरण खरिदमा रु. १० हजारसम्मको छुट भौचर पाउनेछन् । यससँगै ग्राहकहरुको सहजताका लागि सस्तोडिलले एनआईसी एशिया बैंकसँग हातेमालो गरी ० प्रतिशत ईएमआईमा उपकरण लिन मिल्ने सुविधा पनि अघि सारेको छ ।

यसका साथै एनआईसी एशिया बैंक, ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५ प्रतिशत (रु. २ हजारसम्म) को क्यासब्याक पनि पाउनेछन् ।

इसेवा वा खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत (रु. २ हजारसम्म) छुट पाउनेछन् र यस अफर अवधिभर सामसुङको उपकरण खरिद गर्ने ग्राहकहरुले नेपाल भरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन् ।

सस्तोडिलका हेड अफ मार्केटिङ रितिक शाहीले यस क्याम्पेनबारे राम्रो प्रतिक्रिया आइरहेको र छुट साथै भौचरहरु क्याम्पेन सुरु भएको केही समयमै सक्किने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?