+
+

एन्फा निर्वाचन : २१ पदका लागि ५४ जनाको उम्मेदवारी, कसको प्यानलमा को ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १५:४५

१३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दियो।

आगामी असार ६ गते हुने एन्फाको २१औं साधारण सभा तथा केन्द्रीय निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ सदस्य (दुई महिला अनिवार्य) गरी २१ जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ छुट्टा छुट्टै प्यानल बनाएर होमिएका छन् ।

चार वर्षअघि ‘चेन्ज एन्फा’ को नारा लिएर एउटै टिममा रहेका कर्मा र पंकज यस पटक भने एक अर्का विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । फ्रेण्ड्स क्लबका पूर्व उपाध्यक्ष राजीव राज पौड्यालले पनि अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको लागि दुई तथा चार उपाध्यक्षको लागि ८ जनाको दावेदारी परेको छ । सदस्यमा ५ महिलासहित कूल ४१ जनाको मनोनयन परेको छ ।

सदस्यमा दुवै पक्षबाट १३–१३ जनाले उम्मेदवारी दर्ता गराउँदा केहीले स्वतन्त्र रुपमा मनोनयन गराएका छन् । महिलातर्फ पनि ५ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।

अहिलेसम्म विभिन्न पदमा मनोनयन दर्ता गराउने उम्मेदवारहरुको अडियन्स एण्ड कम्प्लायन्स कमिटीबाट इन्ट्रेग्रिटी परीक्षण भइरहेको र प्रारम्भिक नामावाली सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति छ । त्यसपछि उम्मेदवारहरुमाथि दावी विरोध गर्ने समय राखिनेछ ।

यी हुन् मतदाता

एन्फा निर्वाचनका लागि जिल्ला क्लब लगायत गरेर कूल ८७ मताधिकार रहनेछ । एन्फाको आगामी चार वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, एन्फा अन्तर्गत रहेका खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन् ।

तर तोकिएको समयमा जिल्ला निर्वाचन गर्न नसकेको सिन्धुली र भक्तपुरको भने एन्फा निर्वाचनमा मताधिकार नपाउने भएका छन् । सिन्धुलीले तोकेको समयमा निर्वाचन गर्न नसकेको र भक्तपुरको आन्तिरक विवादले गर्दा केन्द्रीय निर्वाचनमा सहभागी नहुने भएका हुन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रकिया पूरा नभएको र अहिलेसम्म दुवै जिल्लाले प्रतिनिधि नपठाएको अहिलेको अवस्थामा निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।

यद्यपी अब निर्वाचन कमिटीले मतदाता नामावली सार्वजनिक गर्ने, त्यसमा दावी विरोधको विषयपछि मात्र सबै कुरा थाहा हुनेछ ।

कर्माको प्यानलमा को–को ?

केन्द्रीय निर्वाचनका लागि दुई पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा अहिले एन्फाको चुनावी माहोल तातिएको छ ।

कर्मा छिरिङ शेर्पा र पंकज विक्रम नेम्वाङले कार्यक्रम नै गरेर एन्फा निर्वाचनमा होमिएका हुन् । कर्मा छिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस प्यानलबाट अध्यक्षदेखि सदस्यमा गरी १८ जनाले एकै कार्यक्रममा उम्मेदवारी घोषणा गरेका थिए ।

यस्तै कर्मा प्यानलबाट सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दीपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्व अध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राडोर, जुम्लाका भरत बुढ थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा क्लबका मनिष जोशीले ससस्यमा मनोनयन दर्ता गराएका छन् । शम्भुबहादुर सिंह ठकुरी पनि कर्मा प्यानलबाटै सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

२१ पदमध्ये कर्मा प्यानलबाट अहिलेसम्म १९ जनाको नाम पक्का भइसकेको छ । बाँकी रहेको दुई पदमा महिला सदस्य हुनेछन् । त्यसका लागि अहिलेसम्म प्यानलमा कोही जोडिएका छैनन् । दुई महिला सदस्यको लागि पाँच जनाको मनोनयन परेकोमा दुवै पक्ष सर्वसम्मतिको प्रयास गरिरहेका छन् ।

पंकज प्यानलमा को-को ?

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ पनि प्यानलसहित निर्वाचनमा लागेका छन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का तथा चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

पंकज प्यानलबाट सदस्यमा पदका लागि भोजपुर जिल्ला संघका प्रविण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर कुमार राउत कुर्मी, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्की, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कैलाली जिल्लाका अनिल मल्ल, सुर्खेत जिल्लाका रविन्द्र चन्दले सदस्यमा मनोनयन दर्ता गराइसकेका छन् । यस बाहेक सदस्यमा मनोनयन गराएका मणिकुमार लिम्बु पनि पंकज प्यानलमा छन् ।

महिला दुई पदका लागि ५ को दावी

२ महिला सदस्यका लागि अहिलेसम्म पाँच जनाले मनोनयन दर्ता गराएका छन् । महिलामा वर्तमान कार्यसमितिका सदस्य पेमा डोल्मा शेर्पासहित विन्द्रा देवन, सरीता श्रेष्ठ मलेकु, विमला पौडेल र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

सदस्य पदमा १० जनाको स्वतन्त्र उम्मेदवारी

दुई पक्ष बाहेक १० जनाले स्वतन्त्र रुपमा सदस्यमा मनोनयन दर्ता गराएका छन् । मानदेव हजारा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, कुमार कटुवाल, कृष्ण मुरारी गुरुङ, मिलन गुरुङ, सुरेन्द्र सिंखाकार, मुखिया, सुन्दर थापा क्षेत्री र बाकृष्ण साँवाले सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?