+
+

केपी ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १२:०३

१४ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ ।

प्रचण्डले फेरि प्रश्न गरे,  ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं । फेरि यो करा किन ?’

प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए । ओलीलाई सोधको प्रश्नको आफैंले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘यस्तो भन्नु विल्कुलै जायज होइन । अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ । हामीले ती कुरालाई पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?