+
+

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ८:११

१५ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले सो कुरा बताएका हुन् ।

‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सन्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन,’ पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा लेखेका छन्, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।’

यही राजनीतिक व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, निरंकुश र भ्रष्ट भएको भन्दै नेपालले दुःख व्यक्त गरेका छन् । उनले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा प्रतिनिधि सभा विघटन गर्दा जनताले असफल बनाएको स्मरण पनि गरेका छन् ।

जनभावनाको कदर गर्दै संविधानबाट निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

असंलग्न परराष्ट्र नीति प्रति निष्ठवान रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साथ उभिनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी रहेको पनि शुभकामना सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?