+
+

हलमा फिल्म खिचेर टिकटकमा : कडाइ गर्न चलचित्र संघको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ११:४१

काठमाडौं । फिल्म प्रदर्शन भइरहँदा मोबाइलले खिचेर टिकटकमा अपलोड गर्ने क्रम बढेपछि नेपाल चलचित्र संघले यसमा कडाइ गर्न हलहरुलाई निर्देशन दिएको छ ।

संघका महासचिव अशोक शर्माले सम्बिन्धत सिनेमा हललाई पत्राचार गर्दै फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे कानुनी कारबाही हुनेतर्फ सचेत गराएका छन् ।

अहिले हलमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’का फुटेज टिकटक, युट्युब र फेसबुकमा दर्शकले पोस्ट गरिरहेका छन् ।

साथै, यस्तो कार्यलाई कडाइका साथ रोक्न समेत पत्रमा आग्रह गरिएको छ । गैरकानुनी कार्य रोक्ने दायित्व सिनेमा हलको पनि भएकाले यसतर्फ सोच्न उनले आग्रह गरेका छन् ।

फिल्मको महत्वपूर्ण दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आउन थालेपछि निर्देशक, निर्माता, कलाकार र फिल्म लेखकले समेत विरोध गरिरहेका छन् । चलचित्र समीक्षक समाजका पूर्वअध्यक्ष यज्ञशले यस्तो कार्यले फिल्मको व्यापारलाई मात्र हानी नपुगेर प्रतिलिपि अधिकारको हनन् हुने समेत बताएका छन् ।

अभिनेता दयाहाङ राईले समेत शनिबार हलहलमा पुगेर दर्शकलाई भेट्दै मोबाइलबाट फिल्म नखिच्न आग्रह गरेका थिए । ‘मोबाइलबाट फोटो खिच्दा अन्यलाई र तपाईं स्वयंलाई डिस्टर्ब हुनसक्छ,’ उनले भने ।

‘कबड्डी ४’को ३० मिनेटसम्मको दृश्य खिचेर फेसबुक र युट्युबमा पोस्ट गरेको पाइएको निर्माताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?