+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

नेपाल बैंकको लुम्बिनी र कर्णाली प्रदेशस्तरीय बजेट गोष्ठी सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १३:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीय बजेट गोष्ठी सम्पन्न गरेको छ ।

११ जेठदेखि १३ जेठसम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।

बैंकको बजेट निर्माणलाई प्रभावकारी बनाउनका लागि शाखा प्रबन्धकहरुबाट सुझाव संकलन कार्य गरिएको बैंकले जनाएको छ ।

गोष्ठी र तालिमबाट आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिने लगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्राहकलाई सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान गर्ने कार्यमा बैंक अघि बढिरहेको बताए ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुषाल, कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?