+
+

दुईपल्ट युरोपियन कप जितेको नटिङघमलाई प्रिमियर लिगमा उक्लन २३ वर्षको प्रतीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १३:५७

१६ जेठ, काठमाडौं । हर्डसफिल्ड टाउनमाथिको साँघुरो जितसँगै नटिङघम फरेस्टले प्रिमियर लिगका लागि आफ्नो २३ वर्षको प्रतीक्षा पूरा गरेको छ । वेम्बलीमा भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा उपहार गोल सहयोगमा नटिङघमले १७० मिलियन पाउण्डबराबरको जित हासिल गरेको छ ।

शीर्ष डिभिजनमा पुनरागमनसँगै क्लबमा सानदार बदलाव आउनेछ । नटिङघमले दोस्रो डिभिजनमा ७ मध्ये ६ हारका साथ सिजनको सुरुवात गरेको थियो । आइतबार राती जेम्स गार्नरको क्रसमा हडर्सफिल्डका लेभी कोलविलको आत्मघाती गोल नै खेलमा निर्णायक बनेको थियो ।

दोस्रो हाफमा हडर्सफिल्डले सुधारिएको प्रदर्शन गरे पनि ठूलो अवसर सृजना गर्न सकेन ।

सेप्टेम्बरमा क्रिस हग्टनलाइृ बर्खास्त गरी स्टिभ कुपरलाई प्रशिक्षणको जिम्मा दिएपछि नटिङघमको प्रदर्शनमा उल्लेख्य सुधार आएको हो । ३० वर्षपछि पहिलोपल्ट वेम्बलीमा खेल्ने अवसर पाएको यो टोलीले सर्वश्रेष्ठ प्रदर्शन गर्न सकेन । तर, पहिलो हाफमा विपक्षीबाट भएको एउटा गल्तीले खेल उनीहरुको पक्षमा पुग्यो ।

पहिलोपल्ट प्लेअफ फाइनलमा पुगेर बढुवा पाएको नटिङघमको सिजन भने निकै खराव प्रदर्शनबाट सुरु भएको थियो । दुईपल्टको युरोपियन कप विजेता यो टोलीले सुरुको ७ खेलमा १ अंकमात्र जोड्न सकेको थियो । यो उसको १०८ वर्षको इतिहासमै सबैभन्दा खराव सुरुवात थियो ।

जव सेप्टेम्बरमा हग्टनलाइृ बर्खास्त गरियो, नयाँ आउने प्रशिक्षकका लागि रेलिगेसन खतरा टार्नु नै ठूलो जिम्मेबारी हुने अनुमान थियो । अघिल्ला दुई सिजन स्वान्सी सिटीलाई प्लेअफसम्म पु¥याएका कुपरको आगमनपछि टिमको मनोवलमा ठूलो परिवर्तन देखियो । ९ फेब्रुअरीमा उनीहरु शीर्ष ६ स्थानमा पुगे ।

एफए कपमा आर्सनल र स्थानीय प्रतिस्पर्धी लिसेस्टर सिटीमाथिको जित उनीहरुका लागि ठूलो प्रेरणा हुन गयो । क्वाटरफाइनलमा उनीहरु लिभरपुलसँग पराजित भए ।

कुपरले राम्रा खेलाडीलाई अनुबन्ध गर्न पनि सफल रहे । मिडिलब्रोबाट जेड स्पेन्स र म्यानचेस्टर युनाइटेडबाट गार्नसलाई लोनमा ल्याउने निर्णय सफल रह्यो ।

यद्यपी केहि निराशा पनि थियो । उनीहरु सिधै छनोट हुने सम्भावनामा असफल भएका थिए । सिजनको अन्तिम खेल जितेको अवस्थामा उनीहरु दोस्रो स्थानमा रहेर सिधै शीर्ष डिभिजनमा बढुवा हुने थिए । तर, त्यस खेल बर्नमाउथले जित्यो ।

त्यसपछि पुनः संगठित हुँदै प्लेहफ सेमिफाइनलमा शेफिल्ड युनाइटेडमाथि जित हासिल गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?