+
+

नापी कार्यालय भैरहवाका अमिन घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:४७

१७ जेठ, काठमाडौं । रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?