+
+

शीर्ष नेताहरु भत्ता खाएर बस्नुस् : सांसद पौड्याल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १६:०७

१७ जेठ, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् ।

मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाइन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् ।

‘अहिले जुन काम गर्न नसक्ने भनेर ६८ (वर्ष) राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । अरु शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ?’

मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने सांसद पौड्यालको भनाइ छ

‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ?’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?