+
+

माग्ने बुढाको ‘कमेडी हब’ : नयाँ शैली, पुरानै खुराक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १२:३१

काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेद्वारा निर्देशित टेलिभिजन शो ‘कमेडी हब’को प्रसारण सुरु भएको छ । कार्यक्रमको पहिलो भाग बुधबार बेलुका एपीवान टीभीमा प्रसारण भयो ।

लामो समयपछि टेलिभिजनमा फर्किएका माग्ने बुढाको यो नयाँ कार्यक्रमलाई लिएर प्रतीक्षा थियो । कार्यक्रममा उनले कमेडी च्याम्पियन हिमेश पन्त, कमेडियनहरु राजा राजारामदेखि नयाँ पुस्ताका स्ट्याण्डअप कमेडियनसँग सहकार्य गरेका छन् ।

दुई साताअघि सोल्टी होटलमा भव्य कार्यक्रमसँगै घोषणा गरिएको टीभी कार्यक्रम पूर्वनिर्धारित समयमा प्रसारण हुन पाएन । कमेडी हब नामक यो कार्यक्रममा कमेडीका नयाँशैली स्ट्याण्डअप, प्यारोडी र ड्रामा सबै मिश्रण छ । दर्शकले कमेडीका अलग विधालाई एउटै पर्दामा हेर्न पाउँछन् ।

तर कन्टेन्टमा नयाँपन छैन । स्टेज, आवरण र स्टाइलको हिसाबको नयाँ लुक्स दिने प्रयत्न भए पनि कन्टेन्टमा ताजापन देखिंदैन । कन्टेन्ट र प्रस्तुतिकै हिसाबले पहिले नै प्रस्तुत भइसकेको शैली र कन्टेन्ट यसमा समावेश छ ।

पहिलो भागमा कमेडी च्याम्पियन हिमेश पन्तले समाज र नेतालाई व्यंग्य गर्दै प्रश्न गरेका छन् । प्रभात लामाले राजेन्द्र खड्गी र खबपुले प्रिन्सिपलको भूमिका निर्वाह गरेका छन् । तर यी कन्टेन्टमा नयाँपन देखिंदैन । यद्यपि, आगामी अंक बाँकी भएकाले केही नयाँपनको अपेक्षा भने गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?