+
+

अमेरिकी स्वप्नद्रष्टामा नेपाली युवक अनुभव गिरीको संघर्ष कथा समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १३:०१

काठमाडौं । अमेरिकामा आप्रवासीहरुको सफलताको कथा समेटिने विशेष पुस्तकमा नेपाली युवक अनुभव गिरीको संघर्ष पनि समेटिएको छ । भर्जिनिया ह्युमानेटेरियनको सहयोगमा प्रियो बांग्लाको वार्षिक प्रकाशनमा रेग्मीको अमेरिका संघर्षलाई पहिलो स्थानमा समेटिएको छ । यो कथा नेपाली, अंग्रेजी लगायत भाषामा पुस्तकाकारमा रहनेछ ।

यस्ता कथाले अन्य आप्रवासीहरुलाई समेत उत्प्रेरणा होस् भनेर कथा आव्हान र छनोट गरिने र यसमा आफ्नो कथा पनि समेटिएकोमा खुसी लागेको रेग्मीले बताए । उनकै प्रयासमा अमेरिकाको १७४ वर्ष पुरानो बीमा कम्पनीले नेपाली भाषामा पुस्तिका समेत सन् २०२० मा प्रकाशित गरेको थियो ।

अमेरिकन ड्रिम कथामा नेपालसहित बोलिभिया, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, भारत लगायत विभिन्न मुलुकका अमेरिकी सपना पूरा गर्ने आप्रवासी व्यक्तिहरुको कथा, अन्तर्वार्ता आदि यसमा समेटिएका छन् ।

अनुभव गिरी मोटिभेसनल स्पिकर, ट्रेनर र नेतृत्वदायी भूमिकाका लागि परिचित छन् भने उनले सकारात्मक सोच युट्युब च्यानलमार्फत धेरैलाई प्रेरित गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?