+
+

यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १०:५१

२० जेठ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?