+
+

५० किलो ४०० ग्राम गाँजासहित मकवानपुरबाट भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १६:४५

२० जेठ, मकवानपुर । प्रहरीले ५० किलो ४०० ग्राम लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरी रहेका छन् ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका-१ राप्तिरोडस्थित पुर्वपश्‍चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौडा आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको निल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?